राजनीति

सबै

मुख्यमन्त्री सिँहका राजनीतिक सल्लाहकारमा यादव

२०८१ कार्तिक ७, बुधबार १८:५०

टोलपडोस समाचारदाता जनकपुरधाम, ७ कात्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सिँहले बुधबार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन् ।

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH