ग्यास पसलमा आगलागी

२०८० माघ ७, आईतवार २३:०६

 

अनिल यादव/टोलपडोस समाचारदाता
रौतहट, ७ माघ ।

एक ग्यास पसलमा अचानक आगलागी हुँदा लाखौं मूल्यबराबरको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं.५ स्थित बजारमा रहेको शिवशक्ति जनरल स्टोर्समा आगलागी भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

आगलागी हुँदा पसलभित्र रहेका चुल्हो १० थान, भट्टी ८ थान, ग्यास १० थान, १५० एमपिआरको टाटा ग्रिन ब्याट्री ४ थान र एक्साइड कम्पनीको ब्याट्री २ थानसहित पसल जलेर नष्ट भएको शिवशक्ति जनरल स्टोर्सका सञ्चालक मिश्रीलाल साहका छोरा चन्दन साह सोनारले बताए ।

आगलागीबाट चन्दनसहित दुई प्रहरीसमेत घाइते भएका इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई अरुण सिंहले जानकारी दिए । आगलागी कसरी भयो भन्नेबारे अहिले नखुलेको र अनुसन्धान भइरहेको सई सिंहले बताए । सई सिंहका अनुसार शिवशक्ति जनरल स्टोर्स सहारा ग्यासका डिलर पनि रहेको छ ।

आगलागीबाट करिब २ लाख ५० हजार रुपियाँको क्षति भएको अनुमान गरिएको छ । प्रहरी टोली र स्थानीयले आगोलाई नियन्त्रणमा लिएका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH