प्रेस काउन्सिल सदस्य नियुक्तिमा विभेद भयो : जनमत पत्रकार संघ

२०८२ जेष्ठ ३१, शनिबार १७:०६


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३१ जेठ ।
सञ्चारक्षेत्रको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालका सदस्यहरूको नियुक्तिमा एकल जातीय मानसिकता देखिएको भन्दै प्रेस जनमत संघले निन्दा गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीनिकट पत्रकारहरूको संस्था संघले काउन्सिल सदस्य नियुक्तिमा विभेद भएको भन्दै गणतन्त्र, संघीयता र समावेशिताको असल अभ्यास गरिरहँदा काउन्सिल नेपाल नेतृत्वमा एक समुदायबाट मात्र नियुक्त गरिनु संघीयता र समावेशिताको अपमान भएको ठहर गरेको छ ।

संघका सचिव ललन मण्डलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी निकायलाई मौजुदा व्यवस्था अनुकूल बनाउँदै सबैको अपनत्व हुनेगरी अगाडि बढाउनुपर्नेमा एकल जातीय सोचबाट ग्रसित भएर मनपरी गरिँदा राज्यसञ्चालनको विधिप्रति थप असन्तुष्टि पैदा गर्ने चेतावनी दिइएको छ ।

नेपाली पत्रकारितामा मधेश र मधेशी समुदायको छुट्टै पहिचान रहेको समेत सो विज्ञप्तिमा स्मरण गराइएको छ ।

नेपाल सरकारका सञ्चारमन्त्री प्रेस काउन्सिल नेपालमा केही दिनअघि ६ सदस्य नियुक्त गरेका थिए । नेपाली काँग्रेसनिकट नेपाल प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पद्मराज जोशी र नकुल अर्याल तथा नेकपा एमालेनिकट प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम बिडारी सदस्यमा नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH