श्रीमती बलात्कार मुद्दामा श्रीमान्लाई छ महिना कैद, एक लाख रुपैयाँ क्षतिपूर्ति

२०८२ असार १, आईतवार १२:२०

 

 

टोलपडोस समाचारदाता
जनकपुरधाम, १ असार ।
श्रीमती बलात्कार अभियोगमा धनुषाका एक श्रीमान्लाई धनुषा जिल्ला अदालतले दोषी ठहर गरी कैद तथा क्षतिपूर्ति तिराउने आदेश दिएको छ ।

न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमान्लाई दोषी ठहर गर्दै छ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको हो ।
न्यायाधीश वर्देवाकै इजलासले गत जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमान्लाई दोषी ठहर गरी सजाय निर्धारणका लागि पेस गर्ने निर्णय सुनाएको थियो ।

श्रीमान्ले जवरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् । मुद्दा दायर गरेपछि २०८० साउन २१ गते पहिलो पेसी चढेको थियो । पहिलो पेसीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो । कुल ३६ वटा पेसी चढेपछि शुक्रबार उनको मुद्दामा सजायसहितको आदेश आएको हो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH