रौतहटमा चट्याङ लाग्दा एककोे मृत्यु

२०८२ असार १, आईतवार १२:२८

अनिल यादव /टोलपडोस

रौतहट, असार १ ।

जिल्लाको मध्य भागमा पर्ने गरुडा नपा वडा नम्बर. १ जयनगरमा आइतबार बिहान चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाको जयनगर निवासी ६५ वर्षीय सियाराम बनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय गौरका अनुसार बनिया बिहान ८ बजेर १५ मिनेटतिर आफ्नै घरअगाडि बाँधिएको बाख्रा खोलिरहँदा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएकै अवस्थामा उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पु¥याइएको थियो । तर, उपचारक्रममा बिहान करिब १० बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH