पाँच शताब्दीपछि श्रीरामलला महलमा विराजमान हुँदै
आध्यात्मिक स्वरूपमा सजियो आयोध्या
अनिल यादव/टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ माघ ।
बहुचर्चित तथा दीर्घप्रतीक्षित रामलला प्राणप्रतिष्ठा आज (सोमबार) भारतको आयोध्यामा हुँदैछ । न्यूनतम विधि तथा अनुष्ठानका साथ गरिने प्राणप्रतिष्ठाको सम्पूर्ण तयारी पुरा भइसकेको श्रीरामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले जनाएको छ ।
सोमबार हुने प्राणप्रतिष्ठासँगै पाँच सय वर्षपछि श्रीरामलला आफ्नो नव्य–भव्य और दिव्य महलमा विराजमा हुन गइरहेको छ ।
प्राणप्रतिष्ठाको कार्यक्रम मध्याह्न १२ बजेर २० मिनेटमा सुरु भई एक बजे पुरा हुनेछ ।
प्राणप्रतिष्ठा हुने आयोध्या नगरीलाई अध्यात्मिक स्वरूपमा सजाइएको छ । कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्रिकेट तथा उद्योग जगतका प्रसिद्ध व्यक्तित्वहरू, साधुसन्त, महन्थ, धर्माचार्यलगायत विभिन्न देशका प्रतिनिधिहरू सामेल हुनेछन् ।
हेरौँ, तस्बिरमा श्रीरामलला विराजमान हुने मन्दिरका दृश्यहरू ।