सामाजिक सञ्जालबाट दुखः पाउनेका लागि अनलाइन उजुरी

२०८० माघ ९, मंगलवार २३:२९

टोलपडोस समाचारदाता

काठमाडौं, ९ माघ ।

सामाजिक सञ्जालमार्फत अविश्वास, घृणा र अपहेलना फैलाउन गलत सूचना वा अफवाह फैलाउन सरकारले सामाजिक सञ्जाल नियमन सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।

सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसले सामाजिक सञ्जालको दुरुपयोग निर्देशिकाका आधारमा सामाजिक सञ्जाल नियमन सहज हुने सूचना तथा प्रविधि मन्त्रालयका उपसचिव इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए ।

सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा बेनामी वा छद्मभेषी पहिचानसहित फेक आइडी, पेज, ग्रुप सिर्जना गर्न रोक लगाएको छ । निर्देशिकाले कसैको तस्बिर एनिमेसन, मोन्टाजमार्फत विकृत रूपले हेरफेर गरेर सामाजिक सञ्जालमा हाल्न तथा कुनै किसिमले होच्याउने गरी ट्रोल गर्न पनि निषेध गरेको छ ।

मन्त्रालयको वेवसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइकनमा क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिनेछ ।

अनला इनमार्फत प्राप्त गुनासाको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।

निर्देशिका नेपालमा सामाजिक सञ्जालका रूपमा सञ्जालनमा रहेका सबै प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकरण गर्न सरकारले जानकारी गराएको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने व्यवस्था गरिएको संयोजक पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH