युरोपका जागिर छाडेर जब उनले खेतीपाती रोजिन्

२०८० माघ १०, बुधबार ००:०२

सङ्घर्ष दाहाल
सन् २०१६ मा सोसल इन्क्लुसिभ डेभलेपमेन्टमा एमए गरेर तीन वर्ष बेलायतकै एक संस्थामा काम गरेर उनी सन् २०१९ को कोभिडअघि आफ्नो देश फर्किइन् ।

सो संस्थामा रहँदा उनले स्विडेन र स्विटजरल्यान्डमा समेत बसेर काम गरेकी रहिछिन् । युरोपको कामगराइ र घुमाइपछि उनमा गाउँ र जीवनप्रति नयाँ दृष्टिकोण विकास भएछ ।

उनले गाउँ फर्केर झन्डै ७ हेक्टर जमिन महिनाको चिनियाँ रुपैयाँ २० हजार भाडामा लिइन् । जसमा Eco Crystal School नाम गरेको विद्यालय स्थापना गरिन् । जहा अपाङ्गता भएका बालबालिकालाई उनले निःशुल्क पढाउने गर्छिन् । उनको सो विद्यालयमा चीनको सम्पूर्ण प्रान्तका ३० बढी विद्यार्थी छन् (झन्डै डेढ महिना बिदा भएको र सबै आआफ्ना घर गएका कारण भेट हुन सकेन) ।

सो आयोजनालाई सहयोग होस् भनेर सो जमिनमा तरकारी खेती, कुखुरापालन, बुंगुरपालन तथा माछा पालन गरेकी छिन् । उनीसँग दुईवटा बाख्रा पनि छन् । बाख्रा पगाहा लाउन ल्याउन उनी आफैं जान्छिन् रे । किनकि उलाई बाख्रा असाध्यै मन पर्छन् ।

मानिसहरू आधुनिक जीवनशैलीमा रमाइरहेका छन् । तपाईँ युरोपको त्यति राम्रो जागिर छाडेर यो पाखोमा आएर बस्नुभएको छ । किन यस्तो निर्णय ? भनेर सोधेको थिएँ । जवाफमा उनले भनिन्, ‘म त्यतिखेर सर्भाइभ मात्र गरेको थिएँ, तर अहिले जीवन जिउँदैछु ।’

हो, ’जीवन जिउनु’ र ’बाँच्नु’ मात्रमा फरक छ । तसर्थ, हामी पनि दुईछाक खानालाई मात्र जीवन नबुझौं । उनले भनिन्, ‘हामी चिनियाँहरु देखाउन चाहँदैनौं बरु परिणाम निकाल्न चाहन्छौं ।’ उनले यसो भनेकीले थप फोटा राखिन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH