नेता महासेठ नेतृत्वको केन्द्रले मनायो गजेन्द्र स्मृति दिवस

२०८० माघ १०, बुधबार १५:५२
स्व.गजेन्द्रनारायण सिँह अध्ययन केन्द्रका संयोजक एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठ । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, १० माघ ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल महासेठ नेतृत्वको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले मधेशवादका प्रणेतास्व.गजेन्द्रनारायण सिँहको २२ औं पुण्यतिथिका अवसरमा काठमाडौंसहित देशका विभिन्न भागमा आयोजना गरेको छ ।

गजेन्द्रबाबुका विचार र मधेशको वर्तमान राजनीति विषयक अन्तक्र्रिया कार्यक्रमसँगै विभिन्न राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित कार्यक्रम संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा बुधबार भएका छन् ।

आयोजक अध्ययन केन्द्र अहिले स्थापनाको १९ औं वर्षमा छ ।

मेचीदेखि महाकालीसम्मका जनताले भोग्नुपरेका सबैखालका उत्पीडनविरुद्ध मधेशी अधिकारको लडाइ सुरुवात् गर्ने स्व. सिंहको स्मृतिमा केन्द्रको स्थापना गरिएको हो । मधेशी, जनजाति, मुस्लिम, दलित आदिउपर हुने विभेदविरुद्ध राजनीतिक चेतना जागरण तथा अनवरत आन्दोलन गर्ने दृष्टिले स्व.सिँहको भूमिका अतुल्य रहँदैआएको छ ।

गजेन्द्रबाबु मधेशी जनताको बराबरीको अधिकार, स्वाभिमान, सम्मान र पहिचानका निम्ति अनवरत् संघर्षरत रहनुभएको र उहाँले देखाएको पथबाट नै मधेसले केही उपलब्धि पाएको केन्द्रका संयोजक महासेठले बताए ।

उनले गजेन्द्रबाबुले देखाएको समतामूलक समाजक स्थापनाका लागि उत्पीडित र बहिष्करणमा परेकाहरू एक्यबद्ध हुनुपर्ने औंल्याए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH