हनुमान मन्दिरमा आगजनी

२०८० माघ १०, बुधबार २०:०८
आगलागीबाट क्षति पुगेको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोलस्थित हनुमान मन्दिर । तस्बिर : अनिल /रौतहट

अनिल यादव/टोलपडोस समाचारदाता
रौतहट, १० माघ ।
भारतको आयोध्यामा नवनिर्मित राममन्दिरमा रामललाको प्राणप्रतिष्ठा भएको एक दिन नबित्दै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहने रौतहटको एक हनुमान मन्दिरसहित अर्का देवालयमा आगजनी गराइएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५जटहारा टोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र स्कुलपछाडिको ब्रह्मबाबा मन्दिरमा अज्ञात व्यक्तिले आगो लगाएको बुधबार सार्वजनिक भएको हो ।

आगजनीमा २५ वर्षअघि भारतको राजधानी दिल्लीबाट ल्याइएको भगवान् हनुमानको र्मूिर्त र बह्मबाबा मन्दिरमा क्षति पुगेको स्थानीयले जानकारी दिए ।

स्थानीयले मन्दिरमा आगजनी गराउनेको खोजतलास गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।


आगलागीबाट क्षति पुगेको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ जटहारा टोलस्थित ब्रह्मबाबा मन्दिरमा । तस्बिर : अनिल /रौतहट

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH