राष्ट्रियसभा निर्वाचन : मुख्यमन्त्री यादवले गरे मतदान

२०८० माघ ११, बिहीबार १०:५३
मधेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका रिक्त दुई सदस्यका लागि जनकपुरधाममा बिहीबार भइरहेको निर्वाचनमा मतदान गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर सौजन्य : पुरन गुप्ता

टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ माघ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाका रिक्त दुई सदस्यका लागि बिहीबार भइरहेको निर्वाचनमा मतदान गरेका छन् । प्रदेशसभा सदस्यका रूपमा उनी निर्वाचक मण्डलका सदस्य हुन् ।

सत्ता गठबन्धनका घटक जनता समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री यादवले केही बेरअघि जनकपुरधामस्थित महेन्द्रनारायण निधि सँस्कृति केन्द्रमा रहेको मतदानस्थलमा मतदान गरेका हुन् ।

प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्य चुनावमा प्रदेशसभा सदस्यका अतिरिक्त प्रदेशभरिका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् ।

प्रदेशमा रिक्त दुई सदस्यमध्ये एकमा सत्ता गठबन्धनका आनन्द ढुंगाना, एमालेका विजेता झा र जनमत पार्टीका रामाशंकर महासेठ उम्मेदवार छन् । अर्का एक सदस्यमा महिला महिलातर्फ सत्ता गठबन्धनका पूजा चौधरी र एमालेका उषादेवी थरूनीको उम्मेदवारी परेको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH