राष्ट्रियसभामा वागमती प्रदेशबाट गठबन्धनका चार उम्मेदवार चुनिए

२०८० माघ ११, बिहीबार १८:३१

काठमाडौं, ११ माघ ।

राष्ट्रियसभा निर्वाचनमा वागमती प्रदेशबाट सत्तारूढ गठबन्धनका चार उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ काँग्रेसकी विष्णुदेवी पुडासैनी,  अन्यमा जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र नेकपा (एकीकृत समाजवादी) बाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन्।

पुडासैनीले ६ हजार ६२२, अन्यमा बस्नेतले ६ हजार ५३१ , अपांगतर्फ अधिकारीले ६ हजार ३८३ र दलिततर्फ रिजालले ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी भएका छन्।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH