राष्ट्रियसभा अध्यक्ष बन्न सिटौलाका लागि खुल्यो ‘आइरन गेट’
विराटनगर, ११ माघ ।
प्रदेशसभा सदस्यको मतभार निर्णायक बनेपछि नेपाली काँग्रेसका नेता कृष्ण सिटौला कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।
उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेद्वार भएका उद्धव पौडेललाई पराजित गरेका हुन्। गठबन्धनइतर दलका दुई प्रदेशसभा सदस्यको मत उनको विजय सुनिश्चित गरेको हो । स्थानीय तहतर्फबाट भने उनले अपेक्षित मत पाउन सकेनन्।
सिटौलाले स्थानीय तहतर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रियसभा अध्यक्ष बनाउने गरी सिटौलालाई सत्ता गठबन्धनले कोसीबाट उम्मेदवार बनाएको थियो।
(न्युज कारखाना)