चन्द्रमा छुने जापान बन्यो पाँचौं देश

२०८० माघ ११, बिहीबार १९:५१

टोकियो, ११ ।
जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर सफल अवतरण गरेको जनाएको छ ।

आफ्नो लक्ष्यभन्दा केही मिटरको दुरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।

यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ ।

‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घन्टा ३७ मिनेटभित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) प्रोबको अवतरणका बारेमा सबै डाटा प्राप्तसमेत गरेको बताएको छ।

‘हामीलाई डाटाको थप विस्तृत विश्लेषण चाहिन्छ तर पिनपोइन्टभन्दा सम्भवतः ३ मिटरदेखि ४ मिटर (१० देखि १३ फिट) मा अवतरण थियो,’ ल्यान्डरका परियोजना प्रबन्धक शिनिचिरो सकाइले एक पत्रकार सम्मेलनमा भने।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH