एक्टिङ्ग सिक्ने होइन ? फाराम भर्नुस्

२०८० माघ ११, बिहीबार २०:०१
काठमाडौंस्थित चलचित्र विकास बोर्डको कार्यालय । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौं, ११ माघ ।
नेपाली चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बुधवार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिन भित्रमा आवेदन माग गरिएको बोर्डले जनाएको छ ।
बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०८० माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुन लागेको हो ।

कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरी माघ २५ गतेसम्ममा बोर्डको कार्यालय वा इमेल (fdbworkshop2024@gmail.com)  मार्फत आवेदन पेस गर्न सक्नेछन् ।


न्युज कारखाना

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH