ऋणलाई अनुदानमा परिणत गर : यादव

२०८० माघ ११, बिहीबार २०:५१
राष्ट्रिय एकता अभियान बाराद्वारा बरामा आयोजित अन्तरक्रिया । तस्बिर : राष्ट्रिय एकता अभियान

बारा, ११ माघ ।
बारामा राष्ट्रिय स्वाधीनता, बिआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विषयक अन्तरक्रिया सम्पन्न भएको छ । राष्ट्रिय एकता अभियान बाराको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनता संरक्षणका लागि सबै एक्यबद्ध हुनुपर्नेमा जोड दिए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामबारेमा चर्चा गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई नेपाल सरकारले चीनसँग वार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको जिकिर संयोजक यादवको थियो । उनले बिआरआई ऋणजाल फसाई चीनले तिब्बतजस्तै नेपाललाई आफ्नो अधीनमा पार्न खोजेको आरोप समेत लगाए ।

कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकरिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारीका अध्यक्ष मुना खरेल, मानवाधिकारकर्मी लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबु साह, प्राध्यापक अनिल चौधरीलगायतले धारणा राखेका थिए ।

कार्यक्रम समाजसेवी हरिप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH