मधेस प्रदेशको साइकल कान्डमा सचिव भुसाल र सिडिई झा दोषी ठहर
टोलपडोस समाचारदाता
जनकपुरधाम, ११ माघं ।
मधेस प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ कार्यक्रमका लागि खरिद भएको साइकल किनबेचमा भ्रष्टाचार भएको भन्दै त्यसका लागि तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको इजलासले बिहीबार तत्कालीन प्रदेश सचिव भुसाल र सिडिई झालाई दोषी ठहर गरेको हो । साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको निष्कर्षका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले भुसाल र झालाई समान भ्रष्टाचार निवारण एनको दफा ८ (१) (ञ) बमोजिमको कसूरमा ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
सो मुद्दाका अन्य आरोपितहरू सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, ओमसत्य साई प्रालि वीरगन्ज, पर्सा र संस्थाका प्रबन्ध निर्देशक रेनु अग्रवालले सफाइ पाएका छन् ।
साइकल खरिदमा सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड ३३ लाख ७५८ नोक्सान पु¥याएको भन्दै अख्तियारले उनीहरूविरुद्ध गत साउन १८ मा मुद्दा दर्ता गरेको थियो ।