घुस लिनेदिने दुवैविरुद्ध मुद्दा

२०८० माघ १४, आईतवार १५:०६


काठमाडौं, १४ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध घुस रकम लेनदेनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार उनीहरूसँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।

(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH