टर्कीलाई अमेरिकाको एफ–१६ लडाकु विमान
वासिंगटन डिसी, १४ माघ ।
संयुक्तराज्य अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने भएको छ ।
टर्की संसदले यसै हप्ता स्वीडेनको नेटो सदस्यतालाई अनुमोदन गरेपछि अमेरिकाले सैन्य विमान बेच्ने निर्णय लिएको हो ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार नाटोका सहयोगी टर्कीलाई युद्ध विमान बेच्नका लागि ८.६ बिलियन अमेरिकी डलरको सम्झौताका बारेमा कँग्रेस(संसद) लाई सूचित गरिएको छ ।
साथै अमेरिकाले पश्चिमी सैन्य ब्लकमा एक सहयोगी ग्रीसलाई उन्नत एफ–३ ५लडाकु विमानहरू पनि बेच्ने पनि निर्णय लिएको छ ।
(न्युज कारखाना)