राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइयो

२०८० माघ १४, आईतवार १६:३०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ मा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत । तस्बिर : राष्ट्रपति कार्यालय

टोलपडोस समाचारदाता
काठमाडौं, १४ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष बनाउन आवश्यक रहेको बताए ।

फागुन २० गतेदेखि राष्ट्रियसभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त २० सिट मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH