सर्लाहीमा ‘समुदायमा काँग्रेस’ अभियान

२०८० माघ १६, मंगलवार २१:१०
नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियानअन्तर्गत सर्लाहीमा समुदायसँग छलफल गर्न जाँदै काँग्रेस नेताहरू । तस्बिर सौजन्य : शर्मिला थापा

टोलपडोस समाचारदाता
जनकपुरधाम, १६ माघ ।
नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान देशभरिका अन्य जिल्लासँगै सर्लाहीमा पनि सुरु भएको छ । सहिद दिवसको अवसर पारेर काँग्रेसले यो अभियानको सुरुआत गरेको हो ।

अभियानअन्तर्गत सर्लाहीका २० पालिकाका दुई सय वडामा बैठक बसी जनगुनासा सँगै पार्टीका कार्यकर्ताहरूका भनाइ सुनिएका छन् ।

अभियानका क्रममा पार्टीका विभिन्न तहबाट खटाइएका नेताहरूले भुइँतहका समस्या सुनेर समाधानका विषयमा छलफल गरेका नेपाली काँग्रेस मधेश प्रदेशको प्रचार प्रसार समितिका सचिव निकेश त्रिपाठीले बताए ।

अभियान माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH