मधेश ज्ञानविज्ञानको केन्द्र : प्रधानमन्त्री प्रचण्ड

२०८० माघ १८, बिहीबार ११:०५
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : न्युज कारखाना

काठमाडौँ, १८ माघ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेश प्रदेश ज्ञानविज्ञानको केन्द्र भएको बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे ।

उनले भने “सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञानविज्ञानको केन्द्रका रूपमा विकास गर्ने सरकारको नीति छ ।”

ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, सँस्कृति र साँस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले बताए ।

विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ ।”

न्युज कारखाना

 

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH