साहित्य महोत्सवमा मिथिला लोक चित्रकला प्रदर्शन
जनकपुरधाम साहित्यकला महोत्सव तथा अन्तर्राष्ट्रिय नाटक सम्मेलन स्थल जनकपुरधामको महेन्द्रनारायण मिथिला संस्कृति केन्द्र परिसरमा मिथिला लोक चित्रकला तथा हस्तकलाको प्रदर्शनी भइरहेको छ ।
विभिन्न स्टलमा राखिएका यी कलात्मक सामग्रीको प्रदर्शनले कलाको बजार विस्तार हुने आयोजक संस्था मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।