ठाकुर उत्कृष्ट प्रदेशसभा सदस्यबाट सम्मानित

२०८० माघ २१, आईतवार १९:४६
मधेस प्रदेशसभाको छैटौं वार्षिकोत्सवका अवसरमा पारेर जनकपुरधाममा आयोजित कार्यक्रममा उत्कृष्ट प्रदेशसभा सदस्यबाट सम्मानित हुँदै प्रदेशसभा सदस्य दिपेन्द्रकुमार ठाकुर । तस्बिर : सामाजिक सञ्जाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, २१ माघ ।
मधेस प्रदेशसभा सदस्य दिपेन्द्रकुमार ठाकुर उत्कृष्ट मधेश प्रदेशसभा सदस्य पुरस्कारबाट सम्मानित भएका छन् । संसदीय कारकारबाहीमा उल्लेख्य भूमिकासहित उच्च योगदान पुर्याएकाले ठाकुरलाई उत्कृष्ट प्रदेशसभा सदस्यको पुरस्कार दिइएको हो ।

मधेश प्रदेशसभाको छैटौं वार्षिकोत्सवका अवसरमा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा ठाकुर सम्मानित भएका हुन् । ठाकुर प्रादेशिक राजधानी जनकपुरधामका अधिकांश वडा रहेको धनुषा ३(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

ठाकुरलाई मुख्यमन्त्री सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रशस्तिपत्र दिएर सम्मानित गरेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH