१५ हजार घुस मागेको दोखमा खरिदार साहलाई कैदजरिवाना

२०८० माघ २६, शुक्रबार २१:४२
सांकेतिक फोटो । तस्बिर सौजन्य : माई रिपब्लिका

काठमाडौं, २६ माघ ।
भूमि सुधार तथा मालपोत कार्यालय कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार साहलाई दोषी ठहर गरेको हो ।

अदालतले उनलाई एक महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनीमाथि जग्गा रजिस्ट्रेसनका लागि १५ हजार रुपैयाँ घुस मागेको अभियोग थियो ।

उनले मागेको पैसा बुझिदिने गौरीशंकर कुमार साहलाई मतियार ठहर गर्दै अदालतले साढे सात हजार रुपैयाँ जरिवाना र १५ दिनको कैद सजाय सुनाएको छ ।
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH