लागुऔषध नाइट्रोभेट ओसार्ने एक भारतीय पक्राउ

२०८० माघ २६, शुक्रबार २२:००
लागुऔषध नाइट्रोभेटसहित पक्राउ परेका भारतीय नागरिक विनयकुमार मुखिया । तस्बिर : विपिन

विपिन यादव
जनकपुरधाम, २६ माघ ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरास्थितबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सीतामढी, श्रीखण्डी भिठा थाना सुरसन्ड बस्ने ४५ वर्षीय विनयकुमार मुखिया छन् । अस्थायी प्रहरी पोस्ट जलेश्वरका प्रहरी वरिष्ठ नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले जाँच गर्दा उनलाई पक्राउ गरेको हो ।
उनका साथबाट लागुऔषध नाइट्रोभेट एक हजार पाँच सय पिस बरामद भएको छ ।

बिआर ०६ सिए ३५०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रोकेर जाँच गर्दा लागुऔषध बरामद भएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीसँगै बिआर ३० एल २११६ मा सवार एक अर्का व्यक्ति भने मोटरसाइकल छाडी फरार भएका छन् ।

पक्राउ परेका मुखिया र नियन्त्रणमा लिइएका दुवै मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH