महोत्तरी : बच्चीको सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

२०८० माघ २६, शुक्रबार २३:०३
सांकेतिक तस्बिर

बिपिन यादव
जनकपुरधाम, २६ माघ ।

महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित घरमा गत मंगलबार मध्यरातपछि लुटपाट तथा १५ वर्षीया बालिकालाई जबर्जस्ती सामूहिक बलात्कार गरेका आरोपमा तीनजनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार डाँका तथा सामूहिक बलात्कारमा संलग्न रहेका आरोपमा सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन् ।

मंगलबार राति साढे १ बजेको समयमा चारजनाको समूहमा आएकाहरूले बालिकाले लगाएका आमाका गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर उनलाई पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

घटना भएको वडाका अध्यक्ष विपिन बिहारीले विभिन्न सञ्चारमाध्यलाई जनाएअनुसार आर्थिक अवस्था कमजोर भएका कारण बालिका बोल्न नसक्ने आमा र हजुरआमासँग मामाघरमा बस्दै आएकी थिइन् । बालिकालाई खेतमा लाँदा लुटेराहरूले आमा र हजुरआमालाई घरमा थुनेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH