एमाले महोत्तरीमा यादव प्यानल विजयी
टोलपडोस समाचारदाता
जलेश्वर, २७ माघ ।
एक दशकभन्दा बढी समयपछि भएको नेकपा (एमाले) महोत्तरीको निर्वाचनमा बलराम यादव प्यानलसहित जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका छन् । एकभन्दा अधिक आकांक्षीले उम्मेदवारी फिर्ता लिन नमानेपछि भएको निर्वाचनमा अन्य पदमा समेत अध्यक्ष यादव पक्षधर नै विजयी भएका छन् ।
पार्टीको छैंटौं जिल्ला अधिवेशनक्रममा जिल्ला कार्यसमितिको निर्वाचन भएको हो ।
निर्वाचन अधिकृत उद्धवबहादुर क्षेत्रीका अनुसार अध्यक्षमा यादवले दुई सय ५९ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी शिवचन्द्र सिंंहलाई एक सय ५५ मत प्राप्त भएको छ ।
यादव प्यानलकै अम्बिकाप्रसाद गौतमले दुई सय ३७ मत ल्याई उपाध्यक्षमा र दुई सय २८ मत हासिल गरी शम्भू ठाकुरले सचिवमा विजय प्राप्त गरेका छन् । दुई सय २३ मत प्राप्त गरी उपसचिवमा फेकन राम चमार र दुई सय ४२ मतबाट लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा निर्वाचित भएका छन् ।
चार सय ३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीको निर्वाचनमा चार सय २९ मत खसेका थिए ।
निर्वाचित कार्यसमिति सदस्यहरू