सिरहामा बालिका बलात्कारका आरोपी पक्राउ

२०८० माघ २७, शनिबार १३:४३
सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दामा पक्राउ परेका रोहित दास । तस्बिर : न्युज कारखाना

मुकेश कुमार यादव/न्युज कारखाना
सिरहा, २७ माघ ।

सिरहाको गोलबजारबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोलबजार नगरपालिका ४ का २१ वर्षीय रोहित दासलाई लुकिछिपी रहेको अवस्थामा शिवचोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार ‘छ १’ ले दिएको जाहेरीका आधारमा दासलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी राजेन्द्रराज पाण्डेले जानकारी दिए । दासले गत मंसिर २८ गते १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीले खोजीकै सिलसिलामा दासलाई बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत सिरहाबाट पाँँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जनाए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH