क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य
न्युज कारखाना
काठमाडौँ, २७ माघ ।
क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै २८५ रन बनाएको हो ।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नवनीत धालीवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस कीर्तन र उदय भागवानले २०–२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २–२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र पवन सर्राफले एक–एक विकेट लिएका थिए ।