चुनावी नतिजाबारे पाकिस्तानी सेनाले खोले मुख

न्युज कारखाना
इस्लामबाद, २७ माघ । पाकिस्तानको चुनावी नतिजाका बारेमा पाकिस्तानी सेना प्रमुखको भनाइ बाहिर आएको छ ।
सेना प्रमुख असिम मुनीरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएका छन् ।
असिमले निर्वाचनलाई सहज रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवादसमेत दिए ।
शनिबार सेना प्रमुख असिम मुनिरले निर्वाचन सफल भएकोमा देशवासीलाई बधाई दिएको पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् ।
साथै, असिमले यो निर्वाचनबाट देश अराजकता र खराब राजनीतिबाट मुक्त भएर अगाडि बढ्नका लागि स्थिर सरकार प्राप्त होस् भन्ने कामना गरेको समेत सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पाकिस्तानी सेना प्रमुखले सबै लोकतान्त्रिक शक्तिलाई सम्हाल्ने सरकारले राष्ट्रिय उद्देश्य पूरा गर्ने विश्वास व्यक्त गर्दै यो निर्वाचनले राजनीतिक, आर्थिक स्थायीत्व, शान्ति र समृद्धि ल्याउने कामना पनि गरेका छन् ।