एमाले रौतहटमा अध्यक्षका चार उम्मेदवार, सहमति नभए आइतबार निर्वाचन

२०८० माघ २७, शनिबार १८:११

रौतहट, २७ माघ ।
नेकपा एमाले रौतहट अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । नेकपा एमाले रौतहटको दसौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो ।

अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द साह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो ।

उपाध्यक्ष पदका लागि रूपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेको जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य र रवि मिश्रले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए ।

अझै केहीबेर सहमतिको प्रयास गर्ने र सहमति हुन नसकेमा भोलि बिहानबाट निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने कार्कीले बताए ।
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH