काँग्रेस नेता थापाले गरिन् मुटुरोगीलाई नगद सहयोग

२०८० माघ २७, शनिबार २२:१८
सर्लाहीको हरिपूर्वा नगरपालिका– ६ का मुटुरोगी दिलीप यादवलाई नगद सहयोग गर्दै काँग्रेस नेता शर्मिला थापा । तस्बिर सौजन्य : राकेश गुप्ता

टोलपडोस समाचारदाता
हरिपूर्वा, २७ माघ ।
सर्लाहीको हरिपूर्वा नगरपालिका– ६ का मुटुरोगी २१ वर्षीय दिलीप यादवलाई नेपाली काँग्रेस मधेस प्रदेशका सदस्य एवम् समाजसेवी शर्मिला थापाले आर्थिक सहयोग गरेकी छिन् ।

मुटुमा रहेका प्वाल टाल्ने शल्यक्रियाका लागि समाजसेवी थापाले घरमै पुगेर दिलीपलाई दस हजार नगद सहयोग गरेकी हुन् । दिलीपको मुटुको शल्यक्रियामा छ लाख रुपैयाँ लाग्नेभएको छ ।

स्थानीय पत्रकार विवेक यादवको आग्रहमा दिलीपलाई नगद सहयोग गरेकी थापाले उनको उपचारका लागि अन्यत्रबाट समेत थप सहयोग गराउने प्रतिबद्धता गरिन् ।

समाजसेवी थापाले आफूले एउटा विपन्न परिवारलाई उपचारका लागि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले सबैले आआफ्ना ठाउँबाट ससाना रकम सहयोग गरे भविष्यका एक कर्णधार जोगाउन मद्दत पुग्ने उल्लेख गरिन् ।

उनले मुटुरोगी दिलीपको उपचारमा सहयोग गराउन प्रदेश सरकारसँग समन्वय गर्ने पनि बताइन् ।
नेपाली काँगेंस प्रदेश कार्यसमिति सदस्य लक्ष्मी खरेल, हरिपुर्वा नगरपालिकाका पूर्वमेयर सियाराम राय र सञ्चारकर्मी राकेश गुप्तालगायतका व्यक्तिको उपस्थितिमा मुटुरोग पीडित युवकलाई सहयोग गरिएको थियो ।

मुटुरोगी दिलीपलाई हालसम्म तीन लाख ६० हजार रुपैयाँ देशविदेशबाट आर्थिक सहयोग जुटेको स्थानीय पत्रकार विवेकले जानकारी दिए । उनले मुटुरोगी दिलीपका आफन्त सुकेश्वरराय यादवको एनआइसी एसिया बैंकको खाता नं. १३८५७५९४९८३०८००१ मा आर्थिक सहयोग गर्न मनकारीहरूलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH