सुध्रियो ७३ वर्षीय अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यस्थिति

२०८० माघ २९, सोमबार ०८:४५
स्वास्थ्यस्थिति कमजोर भएपछि मुम्बईस्थित एपोलो अस्पतालमा भर्ना भएका बलिउड अभिनेता मिथुन चक्रवर्ती । तस्बिर सौजन्य : द इन्डियन एक्सप्रेस

मुम्बई, २९ माघ ।
स्वास्थ्य बिग्रिएपछि अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् ।

अभिनेतालाई कोलकाताको एपोलो अस्पतालमा भर्ना गरिएको छ । मिथुनले छाती दुखेको गुनासो गरेपछि उनलाई आकस्मिक रूपमा अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच अस्पतालबाट एउटा भिडियो सार्वजनिक भएको छ ।

सो भिडियोलाई समाचार एजेन्सी एएनआईले इन्स्टाग्राममा पोस्ट गरेको छ । भिडियोमा मिथुन चक्रवर्ती अस्पतालको बेडमा सुतेको देखिन्छ । यस समयमा डाक्टरहरू उनको वरिपरि उभिएका छन् ।

त्यति नै बेला कोलकाता बिजेपी प्रमुख सुकान्त मजुमदार उनलाई भेट्न आएका छन् । भिडियोमा डाक्टरले मिथुनलाई आफ्नो स्वास्थ्यको अपडेट दिएको सुनिएको छ । यस क्रममा मिथुन आफैं डाक्टरसँग कुरा गरिरहेको देखिन्छ ।

भिडियोमा मिथुन चक्रवर्तीको अवस्था पनि पहिलेको भन्दा निकै राम्रो देखिन्छ । यद्यपि अभिनेता अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने टुंगो छैन । तर यो भिडियो हेरेपछि उनका फ्यानहरुले निकै राहत पाएका छन् ।

अपोलो अस्पतालले विज्ञप्ति जारी गरी मिथुन चक्रवर्तीको स्वास्थ्य अपडेट दिएको थियो ।

विज्ञप्तिमा लेखिएको छ, ‘राष्ट्रिय पुरस्कार विजेता अभिनेता श्री मिथुन चक्रवर्ती (७३) लाई दाहिने माथिल्लो र तल्लो हातमा कमजोरी भएको गुनासोसहित बिहान ९ः४० बजे अपोलो मल्टिस्पेसलिटी अस्पताल, कोलकाताको आपतकालीन विभागमा ल्याइएको थियो । उनको मस्तिष्कको एमआरआई, आवश्यक प्रयोगशाला र रेडियोलोजी परीक्षण गरिएको छ ।’
(न्युज कारखाना)

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH