जसपा मधेस नेतृत्वबाट रामबाबु आउट, बालकिशोर इन (समितिको नामावली सहित)

२०८० माघ २९, सोमबार १८:२८
जसपा नेपालको मधेश प्रदेश तदर्थ समिति अध्यक्षमा चयन भएका बालकिशोर प्रसाद यादव पार्टी अध्यक्ष उपेन्द्र यादवलाई कृतज्ञता व्यक्त गर्दै । तस्बिर : जसपा नेपाल

टोलपडोस समाचारदाता

जनकपुरधाम, २९ माघ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् । निजामती सेवामा २५ वर्ष काम गरेका यादव रौतहटको दुर्गाभगवती गाउँपालिका निवासी हुन् ।

अघिल्लोपटक पार्टीको प्रदेश समितिका अध्यक्षमा प्रबल दाबेदार भएर पनि बन्न नसकेका यादव यसपालि भने प्रदेश पार्टीको नेतृत्व गर्ने अवसर पाएका हुन् । यो पार्टी निर्णयसँगै प्रदेश अध्यक्षबाट रामबाबु यादवको बहिर्गमन भएको छ ।

पार्टीको नयाँ विधानअनुसार गत पुस मसान्तभित्र पार्टीको प्रदेश समिति पुनर्गठन भइसक्नुर्पे पार्टी केन्द्रीय परिपत्रका आधारमा निर्धारित अवधिभित्र सो काम नसकिएपछि पार्टीको केन्द्रीय कार्यालयले गठन गरेको प्रदेश तदर्थ समितिको नामावली सोमबार सार्वजनिक भएको छ ।

पार्टीको प्रदेश इन्चार्ज मृगेन्द्रकुमार सिँह यादवद्वारा हस्ताक्षरित नामावलीसहितको प्रदेश समिति गठन सम्बन्धी पत्रमा भने प्रदेश कार्यसमितिकै सिफारिसमा तदर्थ समिति गठन गरिएको जनाइएको  ।

यसैगरी तदर्थ समितिसँगै पार्टीको प्रदेश तहमा सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखापरीक्षण आयोग गठन गरिएको छ ।

नामावली

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH