कमलाको झोलुङ्गे पुलमा तीन दिनका लागि मोटरसाइकलमा रोक
विपिन यादव/टोलपडोस
जनकपुरधाम, २९ माघ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलमा मोटरसाइकललाई आवतजावतमा रोक लगाएको छ ।
पुलमा सोलार प्यान जडान भइरहेकाले तीन दिनका लागि अत्यावश्यक बाहेकका मोटरसाइकललाई आवतजावतमा रोक लगाइएको पुल निर्माणमा स्वयंसेवकका रूपमा खटेका इन्जिनियर विनोदकुमार मण्डलले जानकारी दिएको छ ।
पैदलयात्रीका लागि आवजावत खुला नै रहेको मण्डलले जनाएको छ । उनले सोलार जडान गर्दा मोटरसाइकल आवतजावतले गर्दा अप्ठ्यारो भइरहेका कारण तीन दिनका लागि रोक लगाइएको बताए ।
इन्जिनियर मण्डलले अतिआवश्यक भएकाहरूलाई आउन जानका लागि खोलिदिने बताए ।
रातिको समयमा सर्वासाधारणलाई आवतजावतमा सहजता प्रदान गर्न सोलार प्यानल जडान गर्न लागिएको जनाएको छ ।
माघ १८ गते सम्झौता अवधिभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भई सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।