जसपा नेता साहले गरे मधेशमा पूर्वसांसद क्लबको प्रस्ताव
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ फागुन ।
मघेश प्रदेशसभाका अघिल्लो कार्यकालका सदस्यहरू सम्मिलित हुनेगरी मधेश प्रदेश पूर्वसांसद क्लब गठन गर्ने प्रस्ताव गरिएको छ ।
मधेश सरकारका पूर्वमन्त्री एवम् पूर्व प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद साहले सङ्घीयतालाई बलियो बनाउन पूर्व प्रदेश सांसदका ऊर्जालाई सकारात्मक उपयोग गर्न सो क्लब गठन प्रस्ताव गरेका हुन् ।
क्लब गठनका लागि फागुन ७ गते जनकपुरधामस्थित प्रदेशसभामा बैठक आह्वान गरिएको छ । प्रदेशसभाका पूर्वसदस्यहरू २०७४ मा निर्वाचित मधेश प्रदेशसभाका प्रथम सांसद पनि हुन् ।
जसपा नेता पूर्वसांसद साहले जनताले अपार विश्वासका साथ सघीययता व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूलाई सुम्पिँदा प्राप्त जिम्मेवारीमध्ये प्रदेशका नाम, राजधानीसहित केही ऐनकानुन निर्माणलगायतका ऐतिहासिक काम गर्न सक्षम भएको र थप कामका लागि एक्यबद्ध हुन् पूर्वसांसद क्लब प्रस्ताव गरेको जानकारी दिए ।