महँगियो पेट्रोल, डिजेल र मट्टीतेल, लिटरमा दुई रुपैयाँ थप

२०८० फाल्गुन ३, बिहीबार २३:४४

टोलपडोस समाचारदाता

काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH