सेक्सवद्र्धक औषधि खाएर सम्बन्ध बनाउँदा बिहाको आठ दिनमै बेहुलीको मृत्यु

२०८० फाल्गुन ४, शुक्रबार ०१:०९
प्रतीकात्मक तस्बिर

एजेन्सीका सहयोगमा टोलपडोस डेस्क
जनकपुरधाम, ४ फागुन ।
भारतको उत्तरप्रदेशमा आश्चर्यजनक तर उद्विग्न बनाउने एउटा घटना सार्वजनिक भएको छ । लोग्नेले शक्तिबद्र्धक औषधि सेवन गरेर लगातार यौन सम्पर्क गर्दा नवविवाहिताको मृत्यु भएको छ ।

विवाह भएको आठौँँ दिनमा निरन्तरको यौन सम्पर्कका कारण यौनाङलगायत शरीरका अन्य संवेदनशील अङगभङ हुँदा उत्तरप्रदेश हमीरपुरकी ती युवतीको मृत्यु भएको हो ।

लोग्नेले सेक्सबद्र्धक दबाइ सेवन गरेर प्राकृतिक तथा अप्राकृतिक दुवै ढंगले अथकित एवम् मनोमानी यौन सम्बन्धबाट घाइते ती नवविवाहितालाई कानपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको छ ।

कानपुर अस्पतालका एक स्त्री तथा प्रसुति रोग विशेषज्ञले यौनाङ्ग क्षतविक्षत भएर उपचारमा ल्याइएकी नवविवाहिताको स्वास्थ्यस्थिति सामूहिक बलात्कारका पीडिताभन्दा बढी खराब तथा कारुणिक रहेको बताए । मृतकको भित्रि अङ्गमा घाउचोट रहेको र संक्रमण निकै फैलिइसकेकाले प्राणरक्षा गर्न नसकिएको चिकित्सकले जानकारी दिए ।

दुलहीका भाइले कानपुर कोतवालीमा दुलहा र तिनका परिवारका सदस्यविरुद्ध एफआइआर(प्रारम्भिक उजुरी) दर्ता गराएका छन् । दुलहीको आमाबुवा नरहेकाले भाइले नै उरइका केटासँग ४ फेब्रुअरीका दिन बिहा गराएका थिए । बिहा भएकै दिन बेहुली ससुराली (घर) आएकी थिइन् ।

घरमा स्थिति बिग्रिँदै गएपछि कानपुरको निजी अस्पतालमा भर्ना गर्नुअघि दुलहाका परिवारले दुलहीका भाउजुलाई खबर गरेको थियो । त्यसलगत्तै नन्दका घर पुगेका मृतकका भाउजुलाई बेहुलाकी बहिनीले यौनेत्तेजना बढाउने औषधि खाएर दाइले अत्यधिक यौन सम्बन्ध राखेका कारण लगातार वान्ता भएर दुलहीको स्वास्थ्य बिग्रिएको जनाएकी थिइन् ।

कानपुरका प्रहरी निरीक्षक अनुप सिँहले अनुसन्धान तथा कारबाहीका लागि घटना भएको ठाउँ उरइमा नै एफआइआरको कापी पठाउने बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH