काँग्रेसभित्र हिन्दुराष्ट्र अभियानको घोषणा आज
काठमाडौं, ५ फागुन ।
नेपाली काँग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।
काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो ।
अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा घोषणासभा राखिएको छ ।
न्युज कारखाना