ससुराको शुक्रकिटबाट बच्चा जन्माएपछि ‘बहस’ सुरु

२०८० फाल्गुन ५, शनिबार ०७:२९

लन्डन, ५ फागुन ।
इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकिट उपयोग गरेका छन् ।

ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माएपछि बेलायतमा हंगामा भएको छ । हंगामा समूहले छोराको डिएनए परीक्षण गर्नुपर्ने भन्दै परिवारमाथि दबाब बढाएका छन् ।

कानुनी कारणका लागि व्यक्तिको नाम दिइएको छैन तर अदालतका कागजातहरूमा पिक्यूका रूपमा मात्र पहिचान गरिएको छ ।

गार्जियनका अनुसार पिक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो । त्यसैले उनी आफ्नो बुबा (ससुरा) को शुक्रकिटमा उपयोग गर्न राजी भए, त्यसपछि महिलामा सुई लगाइयो । न्यायाधीशलाई यसबारे जानकारी दिइएको थियो र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो ।

जसका कारण गर्भावस्थापछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ । अदालतका कागजातमा त्यो छोराका नाम डी हो ।

तर, स्थानीय परिषद्लाई गर्भावस्थाको अवस्थाका बारेमा जानकारी गराएलगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै कठिन छ ।

स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ कि डिका पिता को हुन् भनेर पत्ता लगाउनु पर्नेभएको छ । यसले नै बेलायतमा नयाँ बहस सुरू भएको छ ।

तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।

डिले आफ्नो जैविक पिता को हुन् भनेर जान्न चाहन सक्छ, यो पछिको कुरा हो तर स्थानीय काउन्सिललाई जबर्जस्ती गरेपछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानीयलाइ दिइएको छैन । ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक इच्छा यस्तो निवेदनमा हुन्छ, तर यो खुलाउनुपर्ने बाध्यकारी छैन,’ न्यायाधीशले भने ।

उनले आफ्नो आदेशमा भनेका छन कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डिएनए परीक्षण गराउने कि नगराउने ? उनीहरूको पारिवारिक मामिला हो तर, स्थानिय अधिकारीले खोजेझैं यो बाध्यात्मक भने छैन ।’

तर, ससुराको शुक्रकिटबाट सन्तान जन्माएको विषयमा बेलायतमा नयाँ चासो र बहस भने सुरू भएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH