मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका चार कारण

२०८० फाल्गुन ६, आईतवार १३:४४
मधेश प्रदेशसभामा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव । तस्बिर : अनिलकुमार कर्ण

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ फागुन ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने चार कारण नेकपा एमालेले औंल्याएको छ । मुख्यमन्त्री यादवले अबको केही बेरमा मधेश प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।

यसअघि एमालेले यादव नेतृत्वको गठबन्धन सरकारलाई समर्थन दिँदैआएको थियो । एक सय सात सदस्यीय प्रदेसभामा सभामुखलाई छाडेर एमालेका २३ सदस्य छन् ।

पार्टीका नेता एवम् मधेश प्रदेशसभामा संसदीय दलका नेता सरोजकुमार यादवले सरकारका गतिविधिसँग जोडिएका ती चार कारण आइतबार टोलपडोसलाई सुनाएका हुन् ।

उनका अनुसार पहिलो कारण चालू आर्थिक वर्षको आठ महिना बित्नै लाग्दा पनि विकास खर्च शून्य भएको र असारे विकास गर्दा कमिसनको चक्करमा टिकाउ नहुने, दोस्रो, भ्रष्टाचार तथा अनियमिमताबारे एमालेकै प्रस्तावमा गठित संसदीय विशेष छानबिन समितिका सदस्यलाई योजना तथा पैसा दिएर प्रभावित गर्ने काम, तेस्रो योजना बेच्ने काम र चौथो बुलेटको गतिमा दौडिन्छु भन्ने सरकार संसारकै कम गतिमा गुड्ने जयनगर—जनकपुर रेल्वे जतिको गतिमा पनि चल्न नस्कनु हो ।

नेता यादवले ठूला दल एमालेकै हस्ताक्षरबाट अहिलेको मुख्यमन्त्री बनेको भन्दै सरकारले राम्रो काम गर्ने हौसला बढाउन आफूहरूले विगतमा विश्वासको मत दिए पनि ती चार कारणले यसपालि विश्वासको मत नदिने स्पस्ट पारे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH