अन्तर्राष्ट्रिय विमानस्थलबाट बढ्यो पोखराको चिन्ता

२०८० फाल्गुन ७, सोमबार ००:२०
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा पोखरामा आइतबार आयोजित सार्वजनिक सुनुवाइ । तस्बिर सौजन्य : राष्ट्रिय एकता अभियान

टोलपडोस डेस्क

जनकपुरधाम, ७ फागुन ।
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै हिजो आयोजित एक सार्वजनिक सुनुवाइ कार्यक्रममा पोखरावासीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा विमानस्थललाई पूर्ण क्षमताअनुरूप सञ्चालन गर्न विभिन्न सरोकारवालाहरूले सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखरावासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले विमानस्थलको पूर्ण सञ्चालन आजको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

सुनावाइमा प्रमुख वक्ताका रूपमा उद्योगवाणिज्य संघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, विश्लेषक युगनाथ शर्मा पौड़ेल, पर्यटन विशेषज्ञ वासुदेव त्रिपाठी, समाजसेवी कुमार राना, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलयायतले आआफ्ना मन्तव्य राखेका थिए ।

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा पोखरामा आइतबार आयोजित सार्वजनिक सुनुवाइका सहभागी । तस्बिर सौजन्य : राष्ट्रिय एकता अभियान

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH