समाजवादी इन्जिनियरिङ्ग एसोसिएशनको मधेश अध्यक्षमा यादव

२०८० फाल्गुन ९, बुधबार ०९:३४
समाजवादी इन्जिनियरिङ्ग एसोसिएशन मधेश प्रदेशको सोमबार जनकपुरधाममा आयोजित प्रथम अधिवेशन । तस्बिर : विपिन यादव

टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ फागुन ।
समाजवादी इन्जिनियरिङ्ग एसोसिएशन नेपाल (सिन) को मधेश प्रदेश अध्यक्षमा इन्जिनियर रोशन यादव निर्विरोध निर्वाचित भएका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सोमबार भएको को सिनको प्रथम अधिवेशनबाट इन्जिनियर यादव प्रदेश अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट २१ सदस्यीय प्रदेश कार्यसमितिका उपाध्यक्षमा पुनित यादव, सचिवमा मुकेशकुमार यादव र कोषाध्यक्षमा अगम महतो तथा सदस्यहरूमा पुजा यादव, शैलेश गोइत, नविनकुमार सिंह, रविकुमार गुप्ता, नवराज यादव, श्यामसुन्दर सिंह, सुनिलकुमार यादव, सोनुकुमार साह, राहुल मण्डल, सुमितकुमार साह, सचिन यादव, जितेन्द्र यादव, नवीनकुमार यादव लगायत निर्वाचित छन् ।

अधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता रामचन्द्र झा, पूर्वमन्त्री किसान श्रेष्ठ, उपाध्यक्ष धर्मनाथ साह, मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेलगायतका नेताकार्यकर्ता उपस्थित थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH