ब्यँतिँदै सशस्त्र प्रहरी धनुषा , सीमानाकाबाट तस्करीका सामान बरामद

२०८० फाल्गुन ९, बुधबार १२:०६
सशस्त्र प्रहरी धनुषाले बरामद गरेका मालसामान । जिल्लाका विभिन्न सीमानाकाबाट भन्सार छली गरी चोरीपैठारी तथा चोरीनिकासी बढिरहेका बेला सशस्त्र प्रहरीले गत तीन दिनमा पाँच लाख रुपैयाँभन्दा बढी मूलयबराबरको मालसामान बरामद गरेको छ । तस्बिर : सशस्त्र प्रहरी बल, नेपाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, ९ फागुन ।
अतिरिक्त कमाइका लोभमा सीमापार तस्करी बढाउन सशस्त्र प्रहरीले नै प्रोत्साहन तथा संरक्षण गरिरहेको आरोपका बीच धनुषाको सशस्त्र प्रहरीको एउटा एकाइले राजस्व छली गरी नेपाल तथा भारततर्फ ओसारपसार हुँदैगरेका मालसामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको नं ८ गण धनुषाले गत तीन दिनमा चोरीपैठारी तथा चोरीनिकासी हुँदै गरेका पाँच लाख सोह्र हजार मूल्यबराबरका मालसमान बरामद गरेको छ ।

ती सामानमा मदिरा, किराना, लत्ताकपडा लगायत छन् ।

सशस्त्र प्रहरी बल नेपालको नं ८ गण धनुषामा गणपतिका रूपमा पदस्थापित भएका दर्शन गिरीको प्रारम्भिक सक्रियतापछि ती मालसामान बरामद भई स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH