कमला नदीमा झोलुङ्गे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन

२०८० फाल्गुन १२, शनिबार १८:२५
धनुषा-सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : विपिन

विपिन यादव/टोलपडोस
जनकपुरधाम, १२ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धनुषा-सिरहा जोड्ने कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज शनिबा उद्घाटन गरेका छन् ।

सिरहा नगरपालिका वडा नं १३ मल्हनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनियाँ–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र एक दशमलव दुई मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल रहेको छ ।

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरी १ असोज ०७९ देखि थालेको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । सो झोलुङ्गे पुलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।

झोलुङ्गे पुलको चौडाइ चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डो¥याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन ब्रिज डिभिजनले अनुरोध गरेको छ ।

पुल उद्घाटनसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिराहाका विभिन्न ठाउँमा आवतजावत गर्न सहज भएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH