धक्कामुक्कीमा एकको मृत्यु

२०८० फाल्गुन १२, शनिबार १८:५३

अनिल यादव/टोलपडोस
रौतहट, १२ फागुन ।
रौतहटको दुर्गा भगवती गाउँपालिका २ मा सामान्य जग्गा विवादपछि भएको सामान्य झड्पमा एक पुरुषले ज्यान गुमाएको छ ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं।२ भलोहियाका करिब ४५ वर्षीय जयप्रकाश महतो नुनियाँको झड्पमा मृत्यु भएको हो ।

शुक्रबार जयप्रकाश महतो नुनिया र चण्डेश्वर महतो नुनियाबीच जग्गाको विषयमा भएको विवाद भएको थियो । त्यस क्रममा चण्डेश्वरले धक्का दिँदा कालोपत्रे सडकमा लडेर घाइते भएका जयप्रकाशको उपचारका लागि प्रादेशिक अस्पताल रौतहट गौरमा लैजाँदा गर्दा मृत्यु भएको छ ।

जयप्रकाशको हत्या भएको प्रारम्भिक ठहरपछि एकजनालाई पक्राउ गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH