ओखती दिन आनाकानी गर्ने चिकित्सालयमा मन्त्री सिँहको छड्के
टोलपडोस समाचारदाता
जनकपुरधाम, १४ फागुन ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री वीरेन्द्रप्रसाद सिँहले सोमबार बिहान जनकपुरधामस्थित आर्युवेद तथा वैकल्पिक चिकित्सालयको आकस्मिक निरीक्षण गरेका छन् ।
निरीक्षणक्रममा चिकित्सालयमा कार्यरत कर्मचारीको आगमन, कार्यपद्धति, सर्वसाधारणलाई सेवाप्रवाहको गुणस्तर र औषधि वितरण आदिका विषयमा मन्त्री सिँहले जानकारी लिएका थिए ।
जनकपुरधामको बजार बाहिर रहेको सो चिकित्सालयले बर्सेनि औषधि खरिद गरे पनि वास्तविक बिरामीलाई वितरण नगर्ने गरेको आरोप लाग्दैआएको छ ।