माइतीघर मण्डलामा आज प्रदर्शन गर्दै राजेन्द्र महतो समूह
टोलपडोस समाचारदाता
काठमाडौं, १६ फागुन ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालबाट अलग्गिएका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा नवीन युगका नवीन नेपाल निर्माण गर्न प्रदर्शन गर्ने भएको छ ।
माइतीघर मण्डला निषेधित क्षेत्र हो ।
नेता महतोले लोकतन्त्रमा जनताको आवाज उठाउने अधिकार कुण्ठित पार्नेगरी निषेधित क्षेत्र बनाइएको माइतीघर मण्डलामा संकुचनविहीन लोकतन्त्रका लागि निषेधाज्ञा तोड्ने बताए । उनले अपराह्न १ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने जानकारी दिए ।
सबै नेपालीका शासन र संविधानमा परिवर्तनमार्फत बहुल राष्ट्र तथा बहुल सामाजिक व्यवस्था पुनःस्थापना गर्ने उद्देश्यले थालनी हुने आन्दोलनको सुरुवात निषेधित क्षेत्र तोडेर हुने क्रान्तिका अगुवा विन्दकिशोर साहले बताए ।
अहिले हावी भएको राजनीतिक शक्ति संरचनाको विकल्प अनिवार्य रहेको भन्दै नेता महतोले लोसपा नेपाल परित्याग गरी पहिचानवादीहरूको बहुआयामिक आन्दोलनले मात्र एकल नश्लीय सत्ता विस्थापन हुने भन्दै आन्दोलन गर्ने जानकारी गराएका थिए ।
नयाँ पार्टी गठन गर्ने अन्त्र्य रहेको भनिएको सो प्रदर्शनमा काठमाडौंमा गत दुई दिनदेखि राजनीतिक प्रशिक्षण लिइरहेका महतोनिकट नेताकार्यकर्ता सहभागी हुने बताइएको छ ।
महतो समूहको प्रदर्शनलाई दृष्टिगत गरी सरकारले माइतीघर मण्डला क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ ।