निषेधित क्षेत्र तोड्न खोज्दा घाइते भए राजेन्द्र महतो

२०८० फाल्गुन १६, बुधबार १६:२७

निषेधित क्षेत्र तोड्न खोज्दा काठमाडौंको भद्रकालीमा सुरक्षाकर्मीसँगको धक्कामुक्कीमा बुधबार घाइते भएका नेता राजेन्द्र महतो । तस्बिर : अनिलकुमार कर्ण

टोलपडोस समाचारदाता
काठमाडौं, १६ फागुन ।
राजधानीको माइतीघर मण्डलालाई निषेधित क्षेत्र बनाइएको विरोधमा बुधबार काठमाडौंमा भएको प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजेन्द्र महतो घाइते भएका छन् ।

कमलपोखरीबाट निस्केको जुलुस भद्रकाली पुगी निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीसँगको धक्कामुक्कीमा नेता महतो घाइते भएका हुन् ।

क्रान्तिका नेता सञ्जय सिँहका अनुसार नेता महतोको देब्रे कुहिना र हातमा चोट लागेर रगत बगेको छ । घाइते अवस्थामै नेता महतोले भद्रकालीमा आयोजित कोणसभालाई सम्बोधन गरेका छन् ।

उनले आफ्नो रगतको मूल्य एकल नश्लवादी सत्ताको अन्त्य र बहुराष्ट्रिय राज्यको स्थापनाका रूपमा अहिलेको निरङ्कुश सत्ताले चुकाउनुपर्ने बताए ।

नेता महतोले जनताले आफ्ना दुःख र पीडा पोख्ने ठाउँ माइतीघर मण्डलालाई प्रतिबन्धित गरेर लोकतन्त्रमा निरंकुताको पराकाष्ठा प्रदर्शन गरिएको भन्दै काठमाडौंलाई नाकाबन्दी गरी जेलमा परिणत गर्ने सरकारको प्रयासले लोकतन्त्र नचल्ने उल्लेख गरे ।

उनलेविधान र व्यवस्थामा परिवर्तन आए पनि शासकको चिन्तन, सोच र व्यवहारमा वदलाव नआएको प्रस्ट्याए ।


निषेधित क्षेत्र तोड्न खोज्दा काठमाडौंको भद्रकालीमा सुरक्षाकर्मीसँगको धक्कामुक्कीमा बुधबार घाइते भएका नेता राजेन्द्र महतोको शरीरमा देखिएका रगत । तस्बिर : अनिलकुमार कर्ण

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH